+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीले माफी मागे 

रासस/एएफपी रासस/एएफपी
२०७६ कात्तिक १८ गते १३:३०

१८ कात्तिक, लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गरेका छन् ।

त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले इयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा पार्ने भनी बेलायती प्रधानमन्त्री जोनसनको आलोचनापछि जोनसनले भने, ‘समयमा ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसक्नु दुःखद कुरा हो ।’

बेलायती प्रधानमन्त्रीले भने, ‘म राष्ट्रपतिमाथि कुनै आक्षेप लगाउन चाहन्न । तर यस बिषयमा उहाँ प्रस्ट भ्रममा हुनुहुन्छ ।’

‘जसले हाम्रो (बेलायत र इयूको) सम्झौतालाई हेरेको छ उसले यसलाई ठूलो सहमतिका रूपमा लिएको छ । यसले हामीहरूलाई करतालिकाबाट पूर्ण बन्धनमुक्त हुन दिएको छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार फारेजसँग कुरा गर्दै ‘आगामी डिसेम्बर १२ मा हुने निर्वाचनमा ब्रेक्जिट पक्षधर समूह जोनसनको विपक्षमा हुने र इयूसँगको सम्झौताका निश्चित आधारहरूमा रहेर हेर्दा बेलायत–अमेरिका व्यापार सम्झौता सम्भव हुननसक्ने’ धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?