Comments Add Comment

दोलखामा भालुको आक्रमणबाट एक वृद्ध घाइते   

१८ कात्तिक, काठमाडौं । दोलखाको जिरीमा भालुको आक्रमणबाट सोमबार बिहान एक वृद्ध गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेका ७४ वर्षीय पदमबहादुर खड्का रहेको दोलखा प्रहरीले जनाएको छ ।

बिहान ६ बजेको समयमा घरदेखि एकसय मिटर पश्चिमतर्फको बारीमा रहेको हलोजुवा लिन जाने क्रममा जंगली भालुले खड्कालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

भालुको आक्रमणबाट टाउको, निधार, मुख र घाँटीमा चोट लागेका खड्काको बोल्न नसक्ने अवस्थमा उद्धार गरी १०:५० बजेको समयमा थप उपचारका लागि काठमाडौं पठाइएको बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment