Comments Add Comment

अनसन बस्न डा. केसी एक्कासी डडेल्धुरामा

१८ कात्तिक, काडमाडौं । मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर अनसन बस्दै आएका डा. केसी अर्को अनसन बस्न सोमबार सुदूरपश्चिमको डडेल्धुरा पुगेका छन् । सोमबार उनी आफ्ना सहयोगीहरुलाई पनि थाहा नदिई डडेल्धुरा पुगेका हुन् ।

यसअघि उनी नेपाल चिकित्सक संघको भवनमा अनसन बस्नो तय भए पनि एक्कासी डडेल्कुरा पुगेका केसीका सहयोगीले बताएका छन् । उनले सहयोगीलाई पनि डडेल्धुरा पुगेपछि मात्र खबर गरेका थिए ।

डा. केसीले सोमबार नै जिल्ला अस्पताल डडेल्धुरामा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराएका छन् । उनले अनसन बस्नुअघि यी जाँच गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment