+
+

एक वर्षमा सवा दुई अर्ब बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते १५:०८

१९ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले विभिन्न उपाय लगाएर एक वर्षको अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने दावी गरेको छ ।

खासगरी खर्च कटौती र गन्तव्य बिस्तारका माध्यमबाट सो बचत हुने आँकलन गरिएको एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले बताए ।

खरेलका अनुसार अब जहाजले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएको छ । यसले गर्दा किटको मूल्य कटौति गर्न सघाउ पुग्ने उनको तर्क छ । अर्कोतर्फ रुट व्यवस्थापनका माध्यमबाट पनि खर्च कटाइएको उनले बताए ।

‘इन्जिनियरिङ बिभागका माध्यमबाट अब धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेको छ । यसले गर्दा पनि खर्च घटाउन भूमिका खेलेको हो,’ उनले भने ।

जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको खरेलले बताए ।

‘हामी इमान्दारीका साथ काम गरिरहेका छौ,’ उनले भने, ‘खर्च कटौतीलाई तीव्र बनाएका छौ । आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारी छ ।’

आफ्नो तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण उडान पछाडि सरिरहेको उनले जानकारी दिए । ती मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

जापान उडानको प्रारम्भिक दिनमा हतोत्साहित बनाउने काम भएको भन्दै अध्यक्ष खरेलले प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई यसबाट फाइदा भएको बताए ।

‘कुनै पनि गन्तव्य रातारात नाफामा जादैन, तर, सुरुकै १/२ उडानको यात्रु सङ्ख्या देखायर हतोत्साहित बनाउन खोजियो,’ उनले भने, तर, ‘अब हामीले यात्रुको साथ पाइसकेका छौ ।

निगम सन् २०१९ मैसबैभन्दा धेरै यात्रु बोक्ने नेपालको वायुसेवा बन्ने दावी कम्पनीको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?