+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुदूरपश्चिम प्रदेशप्रमुख त्रिपाठीले गरिन् पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १२:००

२१ कात्तिक, कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त (त्रिपाठी)ले पदभार ग्रहण गरेकी छन् ।

धनगढीस्थित प्रदेश कार्यालयमा बिहीबार उनले पदभार ग्रहण गरेकी हुन् । प्रदेश प्रमुख त्रिपाठीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै उनले संविधानको पालना गर्दै सुदूरपश्चिमेली जनताको चाहनाअनुरुप काम गर्ने बताइन् ।

नवनियुक्त प्रदेश प्रमुख त्रिपाठीको स्वागतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालगायतका मन्त्री, उपसभामुख, सांसदहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख उपस्थित थिए ।

नेपाली सेनाको एक टोलीले उनीप्रति सम्मान अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?