Comments Add Comment

डिभी भर्ने म्याद सकिएपछि राहदानी बनाउनेको चाप घट्यो

२१ कात्तिक, काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक डाईभर्सीटी भिसा (इडिभी) भर्ने म्याद सकिएसँगै नयाँ राहदानी बनाउनेको संख्यामा गिरावट आएको छ । यस वर्षदेखि डिभीमा आवेदन गर्न भिसा नम्बर अनिवार्य गरिएपछि राहदानी विभागमा भिड बढेको थियो ।

यसअघि प्रतिदिन झण्डै तीन हजार थान नयाँ राहदानीका लागि आवेदन परिरहेकोमा अहिले सरदर एक हजारमा झरेको राहदानी विभाग नारायणहिटीले जनाएको छ । सामान्य अवस्थामा दैनिक साढे ६ सय देखि ८ सय हाराहारी नयाँ राहदानीको निवेदन विभागमा पर्ने गरेको थियो ।

असोज १५ गते खुलेको ईडीभी १९ कात्तिकमा बन्द भएको हो । दशैंबिदा पछिको १४ अक्टोबर अर्थात् २७ असोजदेखि २० कात्तिकसम्म विभागमा २७ हजार १६३ वटा नयाँ राहदानीको लागि निवेदन परेको विभागका निर्देशक एवं प्रवक्ता तिर्थराज अर्यालले बताए । यस अवधिमा ४९ हजार ६ सय २८ वटा नयाँ राहदानी प्रिन्ट गरिएको उनले जानकारी दिए । विभागका अनुसार यो एक महिना अवधिमा छिटो राहदानी लिनका लागि धेरै निवेदन परेको थियो ।

एक महिना अवधिमा राहदानी बापत संकलन भएको राजश्वको पूर्ण विवरण आई नसके पनि ३० करोडभन्दा बढी हुन सक्ने विभागको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment