Comments Add Comment

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

Photo Credit : युरोपा लिग

२२ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहीबार राति वल्र्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टिम युनाइटेडले सर्वियन क्लब पार्टिजनलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो । समूह ‘एल’ मा रहेको म्यानचेस्टर युनाइटेडलाई अन्तिम ३२ मा पु¥याउनका लागि मासोन ग्रिनवोड, एन्थोनी मार्सियल र मार्कुस राष्फोर्डले गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको २२औं मिनेटमा मासोनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । खेलको ३३औं मिनेटमा एन्थोनीले गोल गर्दै पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए । खेलको ४९औं मिनोटमा राष्फोर्डले गोल गरेपछि युनाइटेडले पार्टिजनलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

समूह ‘एल’ मा रहेको युनाइटेडले चार खेलबाट १० अंक बनाउँदै अन्तिम ३२ को यात्रा तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment