+

दोस्रो खेलमा भारतको जित, कप्तान रोहितको ८५ रन

२०७६ कात्तिक  २२ गते ७:३३ २०७६ कात्तिक २२ गते ७:३३
दोस्रो खेलमा भारतको जित, कप्तान रोहितको ८५ रन

२२ कात्तिक, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ ।

राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौकाका मद्दतमा ८५ रन बनाए ।

त्यस्तै, शिखर धवनले ३१ र श्रेयस ऐयरले अविजित २४ रन बनाए । बलिङतर्फ बंगलादेशका अमिनुल स्लामले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नाइमले ३६, सौम्या सरकार र महमुदुल्लाहले समान ३०–३० रन बनाए ।

यो जितसँगै भारतले बंगलादेशसँग ३ खेलको टी–२० क्रिकेट सिरिजमा १–१ को बराबरी बनाएको छ । यसअघि पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय