+

टी २० मा इंग्ल्यान्डले न्युजिल्याण्डलाई दियो २४२ रनको लक्ष्य

२०७६ कात्तिक  २२ गते १२:४२ २०७६ कात्तिक २२ गते १२:४२
टी २० मा इंग्ल्यान्डले न्युजिल्याण्डलाई दियो २४२ रनको लक्ष्य

२२ कात्तिक, काठमाडौं । चौथो टी–२० क्रिकेट खेलमा न्युजिल्यान्डलाई पाहुना टोली इंग्ल्यान्डले २४२ रन को कीर्तिमानी लक्ष्य पेश गरेको छ ।

म्याकलिन पार्कमा शुक्ररबार टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३४१ रन बनाएपछि न्युजिल्यान्डले विशाल लक्ष्य पाएको हो । योसँगै इंग्ल्यान्डले कीर्तिमान कायम पनि गरेको छ । इंग्ल्यान्डले टी–२० क्रिकेट खेलमा बनाएको यो सर्वाधिक ठूलो लक्ष्य हो ।

सन् २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डले २३० रन बनाएको थियो । यसअघि इंग्ल्यान्डको यो नै सर्वाधिक उच्च स्कोर थियो ।

न्युजिल्यान्डविरुद्ध आज ठूलो स्कोर बनाउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका डेविड मलानले अविजित शतक बनाए । उनले ५१ बलमा सात चौका र सात छक्का प्रहार गरे । त्यस्तै, कप्तान इयोन मोर्गनले ९१ रन बनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय