२२ कात्तिक, काठमाडौं । अर्को महिना हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू-२३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेटबाट हात झिकेका हुन् ।
अब नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भने क्रिकेटमा सहभागिता जनाउने छन् ।
राखेपकाअनुसार सागमा समावेश २७ वटै खेलमामा नेपालले मात्रै सहभागिता जनाउने भएको छ ।
सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिन, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, हृयान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्वीमिङ, स्वास, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, रेश्लिङ, उसु र बक्सिङ समावेश छन् ।
कुन देशको कति खेलमा सहभागिता हेर्नुहोस्
प्रतिक्रिया 4