Comments Add Comment

सिक्किमलाई हराउँदै आर्मी फइनलमा 

२२ कात्तिक, विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापाको विर्तामोडमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सिक्कीम आक्रामक क्लबलाई पराजित गर्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो ।

उपाधिकालागि आर्मीले विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज काठमाडौंबीचको बिजेतासँग खेल्नेछ ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी मार्फत खेलको निर्णय लिइएको थियो । पेनाल्टीमा आर्मीका गोल रक्षक विवस चौधरी नायक बन्दा ४–३ को नतिजा निकाल्दै फाइनल प्रवेश गरेको हो ।

आर्मीका लागि दिपक गुरुङ, बिकास तामाङ, राजिव गुरुङ र विवेक बस्नेतले पेनाल्टीमा गोल गरेका थिए । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोल रक्षक मनोज प्रधानले बचाएका थिए ।

सिक्किमका बिकास क्षेत्रीले गरेको प्रहार पनि बारमा लागेर बाहिरिएको थियो । एन्थेनी क्षेत्रीको प्रहारलाई आर्मीका गोलरक्षक विवस चौधरीले रोके । सिक्कीमका लागि विरेन प्रधान, मनोज कस्वा र करण राईले गोल गरे ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई पराजित गरेको सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

आर्मीले शनिबार नेपाल प्रहरी र चर्च ब्वाइज क्लबबीचको विजेतासँग उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल भने सोमबार हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment