+
+

मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते १९:१५

२२ कात्तिक, काठमाडौं । मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ ।

लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको साझेदारीमा आयोजना हुने एक्स्पोको प्रवर्द्धन नेपाल राष्ट्र बैंकले गरेको छ । नेपाल धितोपत्र बोर्ड र बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिसमेतको साझेदारीमा आयोजना हुन लागेको एक्स्पोको मूख्य आयोजक भने मिडिया इन्टरनेसनल हो ।

विगत २ वर्षदेखि काठमाडौंमा बैंकिङ एक्स्पो आयोजना हुँदै आएको छ । तेस्रो संस्करणको एक्स्पो २ गतेसम्म चल्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । उनले एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्न बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै यसपटक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)लाई पनि सहभागी गराइएको आयोजकले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकका साथै बैंकिङसँग सम्बन्धित रेमिट्यान्स, प्रविधि, कर्जा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरी वास्तविक रुपमा बैंकिङ सेवाको पहुँच विस्तार गर्न बैंकिङ एक्स्पोले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष वसन्त लम्सालले वित्तीय जनचेतनाका लागि आयोजित बैंकिङ एक्स्पोमा आफूले सँधै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले उद्यमशीलता, विकास एवम् आर्थिक सम्पन्नताका लागि वित्तीय साक्षरता पहिलो शर्त रहेको बताए । वित्तीय साक्षरता अभिवृद्धिका लागि कुनै संस्थाले एक्लै गरेर सम्भव नहुने भन्दै उनले मिडिया इन्टरनेशनलले सबै संस्थालाई समेटेर अघि बढ्नु सह्राहनीय रहेको उल्लेख गरे ।

त्यस्तै, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वृद्धिसँगै जोखिम पनि जोडिने भएकाले बीमाका आवश्यकता बढ्दै जाने भएकाले बीमाबारे सबैलाई जानकारी गराउनु आवश्यक रहेको बताए । एक्सपोमा विभिन्न बैंक, वित्त कम्पनीहरु, बीमा कम्पनीहरु, रेमिट्यान्स कम्पनीहरु लगायतको स्टल रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?