Comments Add Comment

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

२४ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, सर्जियो बुसक्वएटको नाममा एक गोल रह्यो । यता, सेल्टाको लागि भने लुकास ओलजाले एक गोल फर्काएका थिए ।

खेलको २३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा ओलजाले गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा ल्याए । तर पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल गर्दै खेल २–१ गोलको अग्रतामा पुर्‍याए ।

खेलको ४८ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गोल पूरा गरे । त्यस्तै, ८५औं मिनेटमा सर्जियोले गोल गरेपछि बार्सिलोना ४–१ गोलले विजयी भएको हो ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ खेलबाट २५ अंक बनाएको छ । यता, पराजित सेल्टा भने लिगको १८ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment