+
+
Shares

घुस रकमसहित नायब सुब्बा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १५:५०

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुमको मुसिकोटमा कार्यरत एक जना नायब सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी ६० हजार घुस रकम माग्ने गरेको र अन्तिम समयमा १५ हजार रुपैयाँ घुस नदिइकन कागजपत्र नदिने भन्ने सूचना सेवाग्राहीले दिएको आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलंगा स्थित राप्ती होटल एण्ड लज अगाडिबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?