
२४ कात्तिक, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिनको म्याद दिएको हो ।
प्रहरीले ज्योतीमाथि अनुसन्धान गर्न ७ दिनको समय माग गरेको थियो । ज्योतीका कानुन व्यवसायीहरुले साधारण तारेखमा छाड्न माग गरेका थिए ।
ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4