Comments Add Comment

लिभरपुलसँग म्यानचेस्टर सिटी स्तब्ध

२५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

लिरभपुलको जितमा फाविन्हो, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । त्यस्तै, लिभरपुलका लागि बर्नार्डो सिल्भाले गोल फर्काएका थिए ।

पहिलो हाफमा दुई गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको छैटौं मिनेटमा नै फविन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै, खेलको १३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल पहिलो हाफसम्म २–० गोलले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को अग्रतामा पुर्‍याए । खेलको ७८ औं मिनेटमा सिल्भाले गोल फर्काए पनि सिटीले लिभरपुलसँग ३–१ गोलको हार ब्यहोरेको हो ।

जितसँगै लिग लिडर लिभरपुलको १२ खेलबाट ३४ अंक भएको छ । यता पराजित सिटीको भने १२ खेलबाट २५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment