
Photo Credit : फाइल तस्वीर
२५ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् ।
नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।
केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4