
२५ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले १८ वर्षपछि वन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २० बस्ने ४० बर्षीय देवानन्द गिरीलाई पक्राउ गरेको हो ।
बारा जिल्ला अदालतको २०५९ पुस २३ गतेको फैसला आदेशले गिरीलाई वन मुद्धामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको थियो ।
त्यसैबेलादेखि फरार उनलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ गर्न सफल भएको थियो ।
बारा जिल्ला अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागी गिरीलाई कारागार कार्यालय वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4