Comments Add Comment

नीताको मुस्कान

बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो ।

उनै, नीता नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट उनी माथि आउने अपेक्षामा छिन् ।

नीता पहिरनको मामालामा पनि सजग छिन् । विरगञ्जको कार्यक्रमको उद्घाटनमा उनले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो । अधिकांश कलाकार सामान्य पहिरनमा पुग्दा नीता भने आकर्षण पहिरनमा पुगेकी थिइन् । जन्मदिनमा आएको गिफ्ट भन्दै नीताले लगाएको पहिरनमा धेरेको आँखा गयो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment