+

फर्साटिकर सयपत्री गोल्डकपको फाइनलमा

२०७६ कात्तिक  २७ गते १९:४५ २०७६ कात्तिक २७ गते १९:४५
फर्साटिकर सयपत्री गोल्डकपको फाइनलमा

२७ कात्तिक, बुटवल । रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब फर्साटिकर फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक सयपत्री युवा क्लबलाई ३–१ गोलले स्तब्ध पार्दै फर्साटिकर उपाधि दाबेदारी पेश गरेको हो ।

रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको छैटौ मिनेटमा फर्साटिकरका क्याप्टेन मुकेश कुवरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

फर्साटिकरका अमित लामाले खेलको ३४ औं मिनेटमा गोल थपे । खेलको ६६ औं मिनेटमा फर्साटिकरका टिकराज गुरुङ गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको ५५ औं मिनेटमा सरोज योन्जनले पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए ।

खेलमा फर्साटिकरका विश्व थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । बिहीबार दोस्रो सेमिफाइनल खेलमा सुनौलो संगम युवा क्लबले भैरव देशभक्त नवलपरासीसँग सेमिफाइनलमा सामना गर्ने आयोजकका सन्तोष गुरुङले बताए ।

कात्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय