+
+

बिहे उत्सव मनाउन मन्दिर पुगे दीपिका र रणवीर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १३:४६

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए ।

आफ्नो बिबाहको पहिलो विहे उत्सव मनाउनको लागि रणवीर र दीपिका परिवारसहित मन्दिरमा पुगेका छन् । तिरुमाला मन्दिरमा पुगेर उनीहरुले दर्शन गरेका हुन् । बिबाहको मण्डपमा लगाउने जस्तो पहिरनमा रणवीर र दीपिका प्रस्तुत भएका थिए । दीपिकाको सिउँदोमा रणवीरको नामको सिन्दुर सजिएको थियो ।

रणवीर र दीपिकाले अभिनय गरेको नयाँ चलचित्र ‘८३’ प्रदर्शनका लागि तयार छ । बलिउडमा निकै कम जोडीपछि बिहेपछि उदाहरणिय बनेका छन् । रणवीर र दीपिकाको सम्बन्ध भने धेरैका लागि उदाहरण बनिरहेको छ ।

चलचित्र ‘रामलिला’मा काम गर्दा यो जोडी नजिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?