+

सागका लागि महिला क्रिकेट टिमको घोषणा

२०७६ कात्तिक  २८ गते १८:४९ २०७६ कात्तिक २८ गते १८:४९
सागका लागि महिला क्रिकेट टिमको घोषणा

२८ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि १५ सदस्यीय नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ ।

रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा भएको हो । रुविनासँगै उपकप्तानमा सीता रानामगर छन् । त्यस्तै, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोमु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द रहेका छन् ।

त्यस्तै, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुवँर पनि टिममा अटाएका छन् । यता, ज्योती पाण्डे, संगिता राई र अस्मिता कर्माचार्य भने वैकल्पिक खेलाडीको सूचिमा छन् ।

१३ औं साग यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय