+
+
Shares

लुम्बिनीमा न्यूज फेस्टिवलको तयारी, ३ सय पत्रकार भेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १९:३९

२८ कात्तिक, बुटवल । बुद्धजन्मस्थल रुपन्देहीको लुम्बिनीमा मंसिर १ देखि तीन दिनसम्म लुम्बिनी न्यूज फेस्टिवल–२०७६ हुने भएको छ ।

‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मुलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा फेस्टिवल हुदैछ । बुटवलमा आयोजकले पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी ९० प्रतिशत सकिएको बताएका छन् । फेस्टिवलमा बिभिन्न ८ शीर्षकमा छलफल हुनेछ ।

न्यूज फेस्टिवललाई रुपन्देहीको ब्राण्डका रुपमा स्थापित गरिने लक्ष्य रहेको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए । क्लबका अध्यक्ष दिपेश पछाईले मोफसलबाट पनि पत्रकारितामा केही गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम तय गरिएको बताए ।

फेस्टिवलमा नेपालका राष्ट्रिय पत्रिकाका सम्पादक, टेलिभिजन तथा अनलाइनका सम्पादक, नेपालस्थित अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?