Comments Add Comment

बिनाकारण किनमेल गर्नु पनि एक प्रकारको बिरामी

मानिसलाई मनपर्ने कुराहरुमध्ये सपिङ गर्नु पनि एक हो । विशेष गरेर महिलाहरुलाई सपिङ गर्न अत्यन्त रमाइलो लाग्छ । उनीहरु सपिङ गरेर कहिल्यै थाक्दैनन् । तर, यदि तपाईं उत्साहित भएर केही नसोची सपिङ गर्ने र पछि पछुताउने बानी बढ्दै गएको छ भने यसलाई कम्पल्सिव बाइङ डिसअडर हुन सक्छ ।

यो के हो र यसको पहिचान कसरी गर्ने भन्ने बारेमा केही जानकारीहरु यहाँ प्रस्तुत छन् । हाम्रो वरपर त्यस्ता धेरै व्यक्तिहरु हुन्छन् । जो उत्साहित भएर सपिङ गर्छन् र उनीहरुलाई आफ्नो यो बानीको कारण कति समय, श्रम र पैसा खर्च गरे भन्ने बारेमा केही अनुभव पनि हुँदैन। वास्तवमा कुनै किसिमको चिन्ताले ग्रस्त यस्ता व्यक्तिहरुको लागि सपिङ स्ट्रेस बस्टर बन्छ । यदि कुनै कारणले सपिङ गर्न पाइएन भने उनीहरु नकारात्मक भावनाहरुले घेरिन्छन् ।

थाहा पाउने कुरा

१. कम्पल्सिभ बायर धेरैजसो लुगा, जुत्ता-चप्पल, गहना र घरको आवश्यक सामानहरु जस्तै भाँडाकुँडा आदि किन्ने गर्छन् ।

२. त्यस्ता व्यक्तिलाई ठाउँ-ठाउँमा लागेका सेलहरु हेर्न खुब रमाईलो लाग्छ । नचाहँदा-नचाहँदै पनि सेलको सामानहरु किन्न आफूलाई रोक्न सक्दैनन् ।

३. कम्पल्सिभ बायर कसैसँग सपिङ गर्न जान मन पराउँदैनन् । प्रायः जसो यस्ता व्यक्ति एक्लै अथवा अनलाइन सपिङ गर्छन् ।

४.पुरुषको तुलनामा महिलाहरुमा कम्पल्सिभ सपिङ डिसअर्डरको समस्या धेरै हुने गरेको पाइन्छ ।

५.क्रयशक्ति र सम्पन्नता बढ्नुको साथै विभिन्न ई-कमर्स प्लेटर्फमहरुको उत्पतिले यस्तो प्रवृत्तिमा बृद्धि भएको हो ।

धेरै सपिङ गर्नु एक किसिमको डिसअर्डर मानिन्छ । जसलाई मेडिकल भाषामा कम्पल्सिभ बाइङ डिसअर्डर भनिन्छ । संसारमा त्यस्ता धेरै व्यक्तिहरु यसको शिकार भएका छन् । तर, उनीहरु यसलाई पहिचान गर्न सकिरहेका छैनन् ।

यसको लक्षण कस्तो हुन्छ ?

१. कुनै कुरालाई जसरी पनि पाउने चाहना हुनु ।

२.आवेश अथवा जोशमा किनमेल गर्नु र अनावश्यक कुराहरु पनि धेरै किन्नु ।

३. जे किन्दा पनि अचानक उत्साहित र खुशी हुनु ।

४.नसोची समान किनेपछि दुःख र पश्चातापको महसुस गर्नु ।

५.धेरै किनमेल गर्ने कारण आर्थिक समस्यामा पर्नु र तनावग्रस्त हुनु ।

६.तनावका कारण कहिलेकाहीँ अशिष्ट व्यवहार गर्नु । साथीभाइ, परिवार र वरपरका व्यक्तिहरुसँग सम्बन्ध बिग्रनु ।

उपचार

यो व्यवहारसँग जोडिएको एक किसिमको समस्या हो । आफू स्वयंमा केही परिर्वतन ल्याएर पनि यो स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । त्यस्ता व्यक्तिले आफू स्वयंमा यस प्रकारको परिर्वतन गर्नुपर्छ ।

१.तनाव र एक्लोपनबाट टाढा रहने कोसिस गर्नुपर्छ ।

२.जीवनमा विविधता खोज्नुपर्छ । भिन्दा-भिन्दै कामहरुमा आफूलाई व्यस्त बनाउनुपर्छ ।

३.परिवार र नजिकका साथीहरुसँग घुम्न जानुपर्छ ।

४.मन पर्ने फिल्महरु हेर्ने र किताबहरु पढ्नुपर्छ ।

५.दिनहुँ व्यायाम गर्ने बानी बसाल्नुपर्छ । मनलाई नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ ।

६.स्वयंमा परिर्वतन ल्याउँदा पनि स्थितिमा सुधार नआए कुुनै एक्सपर्टलाई सम्पर्क गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment