+

बेन्जिमाको अपिल- मलाई अर्को देशका लागि खेल्न देऊ

२०७६ मंसिर  १ गते ११:२७ २०७६ मंसिर १ गते ११:२७
बेन्जिमाको अपिल- मलाई अर्को देशका लागि खेल्न देऊ

काठमाडौं । करिम बेन्जिमा विश्व फुटबलका घातक स्ट्राइकरमध्ये एक हुन् । उनले स्पेनिस जाइन्ट रियल मड्रिडका लागि हरेक सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर २०१५ पछि फ्रान्सका लागि खेल्न पाएका छैनन् ।

टिममेट म्याथुको ‘सेक्स टेप’मा ब्लाकमेडिङ गरेको आरोप लागेपछि फ्रान्सले उनलाई खेलाएको छैन ।

उनले २०१६ को युरोकप गुमाए । २०१८ मा फ्रान्सले विश्वकपको उपाधि उचाल्दा पनि उनी टिममा रहेनन् ।

लामो समयसम्म टिममा नराखेपछि उनले मौनता तोडेका छन् र अर्को देशका लागि खेल्न दिन माग गरेका छन् । उनले ट्विटरमा भनेका छन्– यदि तिमीलाई म सक्किए भन्ने लाग्छ भने मलाई अर्को देशका लागि खेल्न देऊ ।’

३१ वर्षीय बेन्जिमाले अल्जेरियाबाट खेल्न सक्छन्, जुन उनका आमा–बुवाको जन्म देश हो ।

तर फिफाको नियमानुसार यो सजिलो पनि छैन ।

फ्रान्स फुटबल महासंघले उनलाई फेरि टिममा बोलाउने सम्भावना पनि नरहेको बताएको छ ।

उनी राम्रो खेलाडी भएको र रियल मड्रिडमा उनले त्यसलाई सावित गरिसकेको भन्दै अध्यक्ष नोएल ले ग्राटले भने, ‘तर फ्रान्सको राष्ट्रिय टिममा उनको यात्रा सकिसक्यो ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय