Comments Add Comment

महिन्दा राजापाक्षेका भाइ बने श्रीलंकाको नयाँ राष्ट्रपति

१ मंसिर, काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा गोटाभाया राजापाक्षे निर्वाचित भएका छन् । गोटाभाया श्रीलंकाका पूर्व राष्ट्रपति एवं विपक्षी नेता महिन्दा राजापाक्षेत्रका भाइ हुन् ।

निर्वाचन आयोगकाअनुसार उनले ५२.२५ प्रतिशत मतका साथ चुनाव जितेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाले भने ४१.९९ प्रतिशत मत पाए ।

प्रेमदासाले हार स्वीकार गरेका छन् ।

यो चुनावमा वर्तमान राष्ट्रपति मैत्रिपाला सिरिसेनाले उम्मेदवार नहुने निर्णय गरेका थिए । उनको श्रीलंका फ्रिडम पार्टीले राजापाक्षेलाई समर्थन गरेको थियो ।

तर चुनाव परीणामसँगै श्रीलंकामा धार्मिक र जातीय तनाव बढ्ने चिन्ता पनि देखिएको छ । राजापाक्षेले राष्ट्रिय सुरक्षाको नाममा धार्मिक र जातीय रुपमा अल्पसंख्यकविरुद्ध मोर्चाबन्दी सुरु गर्ने केही मानिसको आशंका छ ।

तमिल विद्रोहीसँगको लडाइँमा उनको भूमिका, मुसलमानविरोधी विचारका लागि परिचित कट्टर बौद्ध समूह बोदू बाला सीनसँग उनको मित्रताका कारण यस्तो आशंका गरिएको हो । उनले आफ्नो चुनावी घोषणापत्रमा भने भ्रष्टाचार अन्त्य गर्ने, अर्थ व्यवस्थालाई बलियो बनाउने लगायतका बाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment