काठमाडौं । टी-१० लिगमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबार कर्नाटका टस्कर्सले बंग्ला टाइगर्ससँग खेल्दा नेपाली स्टार स्पीनर सन्दीपले दुई विकेट लिएका हुन् ।
दुई ओभर बलिङ गरेका उनले मात्र ९ रन दिए ।
तर हार टिम
दुबईमा पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा एक विकेट गुमाएर ११४ रन बनाएको थियो । उसका लागि जोनसन चार्ल्सले ५७ रन बनाउँदा कप्तान हसिम अमला ४७ रनमा अविजित रहे ।
जवाफमा मैदान उत्रिएको बंग्लाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
प्रतिक्रिया 4