+
+

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते ८:०९
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्माकी पत्नी रोहिणीदेवी शर्मा

२ मंसिर, काठमाडौं । वरिष्ठ पत्रकार, साहित्यकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ । शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

शर्माको पारिवारिक सदस्यले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाएका छन् ।

दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?