Comments Add Comment

प्रधानमन्त्रीको आग्रह : विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन् ।

सोमबार माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित हुने गरेको बताए ।
यसले विकासका लागि अनुकुल वातावरण नबन्ने र विदेशी कम्पनीहरु समेत निरिह हुने गरेको उनले बताए ।

जग्गाको मुआब्जा विवादकै कारण माथिल्लो त्रिशुली–थ्री ए समेत ९० बाट ६० मेगावाटमा झार्नु परेको, समयमा सम्पन्न गर्न नसकिएको र यसले लागत समेत बढाएको उनले बताए । उनले भने, ‘त्यसैले अनुचित लाभ लिनुपर्छ भन्ने प्रवत्ति छोड्न सबैलाई आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment