+
+

‘माछा माछा’मा श्रृष्टीको आइटम

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते ११:३७

सिनेमा आर्टस र नौमती इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र ‘माछा माछा’को ‘म्याडम म्याडम’ बोलको आइटम नृत्य सार्वजनिक भएको छ । अनुपम शर्माको स्वर तथा संगीतमा तयार गीतको भिडियोमा नायिका श्रृष्टी श्रेष्ठले आइटम नृत्य गरेकी छिन् ।

यो चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, बिजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ । शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी छ ।

रामबाबु गुरुङ र दयाहाङ राइको लगानीमा बनेको चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ । यो चलचित्र मंसिरको २० गतेबाट रिलिज हुँदैछ । चलचित्र ‘माछा माछा’ले अपहरणको कथालाई कमेडी शैलीमा प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?