Comments Add Comment

सिरिजको बाटोमा पूजादेखि सुहानासम्म

नेपाली चलचित्रको व्यापारिक अवस्था हेर्दा, हिट चलचित्रका सिरिजकै भर पर्नुपर्ने अवस्था देखिएको छ । सिरिजकै पछि कलाकार लागेका छन् । अनमोल केसी, पल शाह, प्रदिप खड्का जस्ता नायकहरु पनि सिरिजकै साथमा छन् । उनीहरु, आफूले नै काम गरेका हिट चलचित्रका सिरिजमा काम गरेर स्टारडमलाई बचाउने ध्यान्नमा छन् ।

तर, यो सोचमा नायक मात्र होइनन्, नायिकाहरु पनि छन् । नेपाली चलचित्रका केही नायिकाहरु सिरिजमा काम गरिरहेका छन् । जसलाई आफ्नो स्टारडम जोगाउन सजिलो पर्छ भन्ने लागेको छ ।

यो बर्ष नायिका स्वस्तिमा खड्काको ‘हजार जुनी सम्म र घामड शेरे’ रिलिज भैसकेका छन् । दुबै चलचित्र बक्स अफिसमा असफल भए । जबकी, स्वस्तिमा अभिनित ‘छक्का पन्जा २, नाई नभन्नु ल ५’ बक्स अफिसमा हिट छन् । सिरिजले नै उनको करिअरमा ठूलो मद्दत गरेको छ ।

उनै, स्वस्तिमा ‘चपली हाइट’को सिरिजमा काम गर्दैछिन् । यो बर्ष उनी यो चलचित्रको बक्स अफिसबाट चम्कने दाउमा छिन् । नायिका पूजा शर्मा अभिनित २ चलचित्र यो बर्ष रिलिज हुने देखिएको छ । जसमध्ये, ‘पोई पर्यो काले’ रिलिज भैसकेको छ । यो चलचित्रले व्यापार त सुखद गर्यो, तर यसले निर्माताको लगानी सुरक्षित गर्न पर्याप्त भने हुँदैन । यसैले, पूजाका लागि यो बर्ष रिलिज हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ सुपरहिट हुन आवश्यक छ ।

बक्स अफिसमा पूजा र नायक पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भैसकेको छ । यसको सिरिज पूजाका लागि स्टारडम चम्काउने हतियार पनि हो ।

गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’पछि नायिका सुहाना थापाको चर्चा चुलियो । सुहाना करिब १ बर्षको अन्तरपछि यही चलचित्रको चौथो सिरिजमा काम गर्दैछिन् । आफ्नो होम प्रोडक्शनको चलचित्र बाहेक उनी अन्य ब्यानरको चलचित्रमा तत्काल काम गर्ने मुडमा छैनन् । ‘ए मेरो हजुर ४’को व्यापारले सुहानाको करिअरलाई अझ नयाँ तरिकाले स्थापित गर्नेछ ।

नायिका उपासना सिंह ठकुरीले पनि ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन् । उनी अभिनित यो चलचित्र बक्स अफिसमा सुपरहिट भयो । ‘क्याप्टेन’बाट क्लिन हिटको स्वाद चाख्न नपाएकी उपासना ‘कबड्डी’को सिरिजबाट चम्किइन् ।

नायिका वर्षा राउतको पनि यो बर्ष दुइवटा चलचित्र रिलिज भएको छ । उनी अभिनित ‘दाल भात तरकारी र जात्रै जात्रा’ यो बर्ष रिलिज भैसकेका छन् । जसमा, ‘जात्रै जात्रा’ले बक्स अफिसमा धुम मच्चायो । बर्षालाई ‘जात्रा’को सिरिजले करिअर अगाडि लैजान सहयोग गर्यो ।

नेपाली चलचित्रमा अहिले सिरिजको लहर नै चलेको छ । हिट चलचित्रका मात्र होइन, असफल चलचित्रका पनि सिरिज बनिरहेका छन् । यसले, नाम चलेकै कलाकारलाई करिअरमा चम्कन सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment