Comments Add Comment

ट्या‌ंकर अपहरणको छानबिन गर्न सप्तरी र सिराहाका पम्पमा तेल वितरण बन्द

४ मंसिर, काठमाडौं । नेपाल आयल निगमको प्रदेश १ कार्यालय बिराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।

आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएपछि त्यस क्षेत्रका पम्पहरुमा छानबिनका लागि तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए ।

‘तेल जथाभावी खन्याउने वस्तु होइन, पक्कै कुनै पम्पमा खन्याइएको हुनुपर्छ, जाँच्नका लागि वितरण रोक्नुपरेको हो,’ साहले भने ।

तेल वितरण रोकेर प्रहरीसहितको निगमको टोलीले सप्तरी र सिराहाका सबै पम्पमा अनुगमन थालेको प्रमुख साहले बताए । थप अनुसन्धानका प्रक्रियाबारे सप्तरी जिल्ला प्रशासनमा छलफल भइरहरको पनि उनले जानकारी दिए ।

ट्याङ्करका चालक, सहचालक र मालिक पनि आफूहरुसँगै रहेको उनले बताए । साह ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न निगमले बनाएको छानबिन समितिका अध्यक्ष हुन् ।

ट्याङ्कर अपहरण प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आयल निगमको केन्द्रीय कार्यालयबाट चार सदस्यीय टोली विराटनगर प्रस्थान गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइत नेतृत्वको टोली विराटनगरतर्फ बुधबार दिउँसो प्रस्थान गरेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment