Comments Add Comment

४ महिनामा बैंकको कर्जा लगानी १ खर्ब ४६ अर्ब बढ्यो

४ मंसिर, काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकहरुले ४ महिनामा १ खर्ब ४६ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् । असार मसान्तसम्म २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आइपुग्दा २६ खर्ब ४० अर्ब रुपैयाँ पुर्‍याएका हुन् ।

यस अवधिमा निक्षेप भन्दा कर्जा लगानीको वृद्धिदर बढी देखिएको छ । सामान्यतया बैंकहरुको निक्षेपभन्दा कर्जा कम हुनु पर्छ । नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत हुनु पर्ने व्यवस्था छ । जसअनुसार एउटा बैंकले १ सय रुपैयाँ निक्षेप लिए ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछ । ५ महिनाको अवधिमा निक्षेप एक अर्बभन्दा कम जम्मा भएको छ ।

असार मसान्त २०७६ सम्म २८ वाणिज्य बैंकहरुमा २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । त्यो अहिले ९६ करोड रुपैयाँले मात्रै बढेर २९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने निक्षेप ८ खर्ब रुपैयाँले बढ्दा कर्जा ९ खर्ब रुपैयाँले बढेको देखिन्छ । कात्तिक २२ गतेसम्म वाणिज्य बैंकहरुले २९ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेका थिए । कात्तिक २९ गतेसम्म भने यि बैंकहरुमा भएको निक्षेप ८ अर्ब रुपैयाँले बढेर २९ खर्ब ७४ अर्ब रुपैयाँले पुगेको संघले जानकारी दिएको छ ।

एक साताको अवधिमा बैंकको निक्षेपभन्दा कर्जा एक अर्ब रुपैयाँले बढी लगानी भएको छ । संघले दिएको जानकारी अनुसार कात्तिक २२ सम्म २८ वाणिज्य बैंकहरुको लगानी २६ खर्ब ३१ अर्ब थियो । लगानी अहिले ९ अर्ब रुपैयाँले बढेर २६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

संघका कार्यकारी निर्देशक अनिल शर्माले अहिले लगानी योग्य रकमको त्यस्तो धेरै अभाव नरहेको जानकारी दिए । शर्माका अनुसार अहिले बैंकहरुको औसत सीसीडी रेसियो ७७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment