Comments Add Comment

भौतिक पूर्वाधारमन्त्री भन्छन्– काठमाडौंका सडकको अवस्था देखेको छु

पदभार ग्रहण गर्दै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

५ मंसिर, काठमाडौं । नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पाँचथरका सांसद नेम्वाङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका थिए । बिहीबार विहान सपथ लिएका उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हाले । उनलाई निवर्तमान मन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेम्वाङले भने, ‘नागरिकको हैसियतले काठमाडौं उपत्यका र देशभरको सडक देखेको छु ।’

पूर्वाधार विकासमा जुन गतिमा काम भइरहेको छ, त्यो पर्याप्त नभएको उनले बताए । सडक, रेल, पानीजहाज लगायतका पूर्वाधारका क्षेत्रमा काम गर्न प्रशासनिक, नीतिगत सुधार गर्नुपर्ने भए गरेर पनि कामलाई गति दिने उनले बताए ।

उनले निवर्तमानमन्त्री महासेठ पार्टीको नेता र इन्जिनियर समेत भएको भन्दै उनले गरेका राम्रा कामहरुलाई आफूले पनि निरन्तरता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment