+
+

हलमा आर्यन–मिरुनाको ‘च च हुई’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते ११:०४

फ्राइडे रिलिज अन्र्तगत आजबाट नयाँ नेपाली चलचित्र ‘च च हुई’ रिलिज भएको छ । डार्क कमेडी कथामा तयार भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । चलचित्रले दुई साथीको कथालाई उठान गरेको छ । चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, साम्तेन भुटिया, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

हलमा बलिउड र हलिउड चलचित्र रिलिज भएपनि नेपाली चलचित्रको हकमा ‘च च हुई’ सोलो रिलिज हो । यो चलचित्रको व्यापारलाई लिएर चलचित्र क्षेत्रमै चासो छ । कारण, नायक आर्यन सिग्देलको क्रेज हलमा कस्तो देखिन्छ भन्ने चासो चलचित्रकर्मी र मिडियाकर्मीमा छ भने नायिका मिरुना मगरको निरन्तर असफल चलचित्रको श्रृङ्खला यसले तोड्ने विश्वास गरिएको छ ।

चलचित्रको बिहानी शोको अवस्थामा भने औषत मात्र छ । बलियो वर्ड अफ माउथ चलचित्रका लागि आवश्यक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?