+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रममन्त्री फेरिए लगत्तै म्यानपावर व्यवसायीले भने-संवाद नगरी निर्णय नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १७:४६

६ मंसिर, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले आफूसँग छलफल नगरी नयाँ निर्णय नगर्न सरकारको ध्यानाकर्षण गरएको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी, श्रमिक र सम्बन्धित निकायबीच समन्वय, सहकार्य गरी कुनै पनि निर्णय गर्दा व्यवसाय, व्यवसायी र श्रमिकको हित हुने र यसरी गरिने सहकार्य सम्वादबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने बताएको छ ।

श्रम मन्त्रालयमा नयाँ मनत्रीका रुपमा रामेश्वर राय यादव आएको भोलिपल्ट नै संघले विभागलाई सम्बोधन गरेर विज्ञप्ति निकालेको हो । विभागले पछिल्ला समयममा विभिन्न नीतिगत निर्णय गर्दै कामदारको हित अनुकुलको व्यवस्थाहरु गर्दै आएको छ । लमो समयदेखि यस्ता विषयमा मौन रहेको संघ अब बोल्न थालेको छ ।

‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, सम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछि अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागू गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले भने एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने बताएको छ । ‘आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले गत दुई हप्ताका बीचमा क्षतिपूर्ति बैंक खातामा भराउनुपर्ने, वास्तविकभन्दा फरक कामका लागि पुनः श्रम स्वीकृति नदिने, ई -स्टिकर लगाउने लगायतका निर्णयहरु गरेको थियो । केही महिनादेखि नयाँ सरकारी नीतिहरुको खुलेर विरोध गर्न छाडेको संघले शुक्रबार भने विनाकुनै प्रशंग विज्ञप्ति निकालेर संवाद नगरी नयाँ निर्णयहरु नगर्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?