
६ मंसिर, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारको आरोपमा प्रहरीले प्रसौनी–५ का विकास कुमार मण्डललाई पक्राउ गरेको हो । उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको र फरार अन्य दुईजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा विकासले मादक पदार्थ सेवन गरेको पाइएको उनको भनाइ छ । बिहीबार बेलुका भएको ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ ।
गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई पुर्याउन बेलहिया गएर फर्कने क्रममा वडा नं ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको अध्यक्ष गुप्ताले बताए ।
‘मोटरसाइकलमा आएका उछृङ्खल व्यक्तिहरुले अचानक गाडीमा आक्रमण गरे’ उनले भने ‘चालक भाग्यनारायण साहले उनीहरुलाई लखेट्न सफल भएछन् ।’ सवारी चालक साहको हातको औलामा चोट लागेको छ ।
प्रतिक्रिया 4