+
+

अकुपाई टुँडिखेल : आज साहित्यिक जमघट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ७ गते ७:१४

७ मंसिर, काठमाडौं । अकुपाई टुँडिखेल अभियानअन्तर्गत शनिबार साहित्यिक जमघट हुने भएको छ । अभियानको तेस्रो कार्यक्रमअन्तर्गत शनिबार विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

सांस्कृतिक, प्राकृतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् । यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो ।

सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि काठमाडौं महानगरपालिकाका उपमेयरसँगै विभिन्न क्षेत्रमा आवद्ध सर्वसाधारणहरुको उपस्थिति थियो । पछिल्लो हप्ता दोस्रो चरणको आन्दोलनको सूचिअनुसार टुँडिखेल भित्र बिरुवा रोपिएको थियो ।

कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?