+
+
Shares

नव दम्पतीलाई बच्चा जन्माउने दबाव किन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते ११:५०

कतिपयले यसैपाली दाम्पत्य जीवन सुरु गरेका छन् । कोही गर्ने तयारीमा होलान् । विवाह एक सामाजिक परम्परा हो । फरक पुरुष र महिला जब एक हुन्छन् वा उनीहरु नयाँ घरजाम सुरु गर्छन् । त्यहीँबाट उनीहरुको बेग्लै संसारको रचना सुरु हुन्छ ।

हामीहरुबीच निश्चित उमेर पुगेपछि विवाह गर्ने प्रचलन छ । अविवाहित बस्नका पनि छुट छ । यद्यपि पारिवारिक जीवन चलाउनका लागि विवाह एक अनिवार्य सर्त हो । उमेर पुगेपछि धेरैजसो युवा-युवतीले झेल्ने प्रश्न हो, ‘विवाह कहिले गर्ने ?’

विवाह गरिसकेपछि यो प्रश्नले त बिट मार्छ । अर्को प्रश्न त्यसलगत्तै सुरु हुन्छ । अक्सर नव दम्पतीलाई सोध्ने गरिन्छ, ‘अब बच्चा जन्माउने योजना के छ ?’ विवाह लगत्तै यही प्रश्नको सामना गर्नुपर्छ नव दम्पतीले ।

दम्पतीलाई आफ्नै कोखको सन्तान हुर्काउने रहर पनि हुन्छ । तर, बच्चा कहिले जन्माउने भन्ने कुरा रहरले मात्र पुग्दैन । कतिपय अवस्थामा बच्चा जन्माउने कुराले दम्पतीलाई अनावश्यक दबाब समेत दिइरहेको हुन्छ ।

महिलालाई अप्ठ्यारो

अहिले थुपै्र महिला मानसिक समस्यामा देखिन्छन् । यसको मूल कारण नै बच्चा जन्माउनुपर्ने दबाब र करियरलाई पनि एकसाथ लानुपर्ने अवस्था हो । एकातिर उनीहरुमा आमा बन्नुपर्ने दबाब हुन्छ । अर्कोतिर आफ्नो इच्छा र क्षमता अनुसार कुनै पेशा एवं व्यवसाय पनि गर्नुपर्ने हुन्छ । कतिपय महिला विवाह लगत्तै सन्तान जन्माउन चाहँदैनन् । उनीहरु दाम्पत्य सुखभोग गर्न तथा आफ्नो करियर अगाडि बढाउन चाहन्छन् । आमा भइसकेपछि बच्चाको रेखदेखमा समय दिनुपर्ने अवस्था रहन्छ । त्यसैले आफ्ना कतिपय इच्छा र आकंक्षाहरु खुम्चन्छन् भन्ने उनीहरुलाई लाग्छ । त्यसैले आफ्ना रहर, इच्छा, आकांक्षा र क्षमता अनुरुप कुनै क्षेत्रमा काम गरेपछि मात्र बच्चा जन्माउनेबारे उनीहरुले सोच्ने गर्छन् । जबकि घर-परिवार वा इष्टमित्रको अपेक्षा र दबाव हुन्छ, ‘बच्चा कहिले जन्माउने ?’

महिलाहरुमा यस प्रकारको पारिवारिक र सामाजिक दबाब, विशेष गरेेर यस प्रकारको अनुचित इच्छाले उनीहरुको स्वास्थ्यलाई प्रभावित गर्नुको साथै मानसिक दबाबको कारण पनि बन्न सक्छ । आमा बन्नु खुशीको कुरा हो । यो एउटा त्यस्तो यात्रा हो, जसको कल्पना अत्यन्त सुखद् हुन्छ । यस्तो अवस्थामा पहिलो पटक आमा बन्न लागेका नव युवतीहरुलाई मानसिक बिकार हुन सक्छ । प्रायः महिलाहरुमा तनाव, डिप्रेशन र छटपट हुने जस्ता समस्याहरु देखिन्छ । यी सबैको पछाडि सन्तान जन्माउनका लागि घरपरिवार र सामाजिक दबाब प्रमुख कारण हुन सक्छन् ।

पछिल्लो एक वर्षमा गरिएको एउटा अध्ययन अनुसार नवविवाहिता महिलामा परिवार र समाजको दबाबको कारण मानसिक स्वास्थ्यहरु जस्तै तनाव, उदासी आदि समस्या देखा पर्न थालेको छ । प्रायः महिलाहरुमा आमा बन्न नसकेको चिन्ता र बच्चा जन्मेपछि काम र जीवनमा सन्तुलन राख्नुपर्ने जस्ता कारण मानसिक कल्याणको कमीको लक्षणहरु धेरै देखिन थालेको छ ।

एउटी महिलालाई बच्चा जन्माउनको लागि जिम्मेदार बनाउने एउटा असहृय स्थिति हो । किनभने यो एउटा अत्यन्त निजी निर्णय हो र यसलाई श्रीमान्-श्रीमतीले नै आपसी सल्लाह गरेर निर्णय लिन दिनुपर्छ । यो कुरामा अरुले दबाब दिन मिल्दैन । केवल एउटा महिलाले मात्र जैविक रुपले बच्चालाई सहन् गर्न सक्छिन् । तर, बच्चाको लालन-पालनमा आमा-बुबा दुबैले ध्यान दिनुपर्छ । त्यसैले पुरुष र महिला दुबैले बच्चा जन्माउने कुरामा सुनिश्चित हुनु आवश्यक हुन्छ ।

महिलाहरुमा मानसिक विकारहरुले प्रभावित हुने धेरै खतरा हुन्छ । महिलाहरुमा विशेष गरेर विवाहिता महिलाहरुप्रति समाजले गर्ने व्यवहार र परिवारमा उनको भूमिका, समाजमा अन्य कुरामा भएको परिर्वतन जस्तै गरेर तीब्र रुपमा परिर्वतन हुन सकेको छैन ।

अहिलेको संक्रमणकालमा पनि परिवार र बच्चाहरुको हेरचाह गर्नु आमाको नै प्राथमिक जिम्मेवारी मानिने गरिन्छ । जुन महिलाहरु गृहिणी हुन्छन्, उनीहरु परिवारको लागि कहिल्यै पनि महत्वपूर्ण हुँदैनन् । उनीहरु कामकाजी महिलाहरुको तुलनामा आफूलाई कमजोर महसुस गर्छन् । त्यस्तै, कामकाजी महिलाहरु पनि घर र कार्यस्थल दुवैको कर्तव्य र जिम्मेवारी निभाउने सन्तुलन बनाउनका लागि संघर्ष गर्छन् । कामकाजी महिलामा तनाव, मानसिक थकान, चिन्ता, निराशा, डिप्रेशन, क्रोध, भय र अन्य सामाजिक र भावनात्मक संकट जस्ता समस्या विशेष छन् ।

विश्वस्तरमा करिब १४ प्रतिशत रोगहरुको कारण मानसिक रोग बनेको छ । यसको कारण महिलाहरु विभिन्न रोगहरुले ग्रस्त हुन्छन् । यो सबैभन्दा महत्वपूर्ण सार्वजनिक स्वास्थ्य विषयहरु मध्य एक हो ।

विशेषज्ञहरुका अनुसार दबाबको सामना गर्ने सबैभन्दा राम्रो उपाय भनेको तपाईंले स्वयंलाई चिन्नुहोस् र आफूले कुनै पनि कुरालाई किन छनोट गर्नुभयो भन्ने कुराको राम्रोसँग बुझ्नुहोस्  ।

ती कारणहरुलाई लेख्नका लागि समय निकाल्नुपर्छ । जसले तपाईर्लाई यो विकल्पको लागि प्रेरित गरेको छ । त्यसमा तपाईंले ती कुराहरुलाई पनि समावेश गर्नुपर्छ । जसलाई तपाईंले त्याग्नु पर्नेछ । जसको लागि तपाईंले आफ्नो समय र उर्जा समर्पित गर्नुभएको छ । स्थितिको सकारात्मकतामा पनि ध्यान दिनुपर्छ । जुन तपाईंको नियन्त्रणभन्दा बाहिर भएका कारण उत्पन्न भएको छ । बच्चा नजन्मेको कारण आफूमा दबाब अथवा दोषि महसुस गर्नुहुँदैन । यसबाहेक यदि तपाईं आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गर्न चाहनुहुन्न भने आफ्नो भावनाहरुलाई इमान्दारीपूर्वक बताउनुपर्छ ।

हामी एउटा विशेष जीवनशैलीको चयन किन गरिरहेका छौं । त्यसको बारेमा हामीमा जति धेरै जागरुकता हुन्छ । हामीलाई त्यति नै कम अनिश्चितताको अनुभव हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?