
News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्टलाई निःशुल्क १० प्रतिशत सेयर दिने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ।
- भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्टले स्थानीय तहका प्रभावित जनतालाई सेयरधनी बनाउने र १० प्रतिशत सेयर मात्र बिक्री गर्ने सहमति भएको छ।
- पब्लिक कम्पनीले सेयर खरिदका लागि ऋण लिने र भोटेकोशीले जमानी दिने सहमति भएको तथा लाभांशबाट ऋण तिर्ने व्यवस्था रहेको कम्पनीले बताएको छ।
२९ असोज, काठमाडौं । भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई निःशुल्क १० प्रतिशत सेयर दिने गरी कुनै सम्झौता नभएको स्पष्ट पारेको छ । यसअघि जेनजीका नाममा निःशुल्क सेयर दिने गरी सहमति भएको खबर सार्वजनिक भएसँगै कम्पनीले त्यसको खण्डन गरेको हो ।
भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको १० प्रतिशत सेयरको लागि आवेदन दिनु अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाउने र प्रतिसेयर बराबर अंकित मूल्य १०० रुपैयाँ रहेको सेयर १० प्रतिशत मात्र उक्त पब्लिक कम्पनीलाई बिक्री गर्ने सहमति भएको हो।
सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्न चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशीले जमानी मात्रको व्यवस्था मिलाउने सहमति भएको छ।
निर्माण सम्पन्न भइसकेको आयोजना भएकोले भोटेकोशीले वार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० (दश) प्रतिशत सेयर वापत उक्त पब्लिक कम्पनीले पाउने रकम सोही पब्लिक कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएको समेत कम्पनीले स्पष्ट पारेको छ । यसलाई निःशुल्क सेयर दिने गरी सहमति भएको भन्ने भ्रम परेको भन्दै सो सत्य नभएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4