+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

होस्टेलमा पेस्तोल राखेर विद्यार्थीलाई फसाउन खोजेको भन्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १६:३५

८ मंसिर, चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज(सीएमसी) को होस्टलमा पेस्तोल र गोली भेटिएको घटनालाई लिएर विद्यार्थी र अभिभावकले आइतबार प्रदर्शन गरेका छन् ।

कलेज प्रशासन र प्रहरीले आफै होस्टलमा पेस्तोल राखी विद्यर्थीलाई फसाउन खोजेको भन्दै अभिभावकसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

वीरेन्द्र क्याम्पस गेटबाट सुरु भएको प्रदर्शन लाइन्स चोक, शहीद चोक हुँदै पुन: चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई अभिभावक र विद्यार्थीहरुले सम्बोधन गर्दै कलेजले शुल्क फिर्ता नगरेसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिए ।

यता कलेजको होस्टलभित्र पेस्तोल र गोली भेटिएको घटनाबारे निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न कलेज प्रशासनले माग गरेको छ ।

घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानबिनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ ।

शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा पेस्तोलसहितका सामग्री प्रहरीले भेटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?