Comments Add Comment

हरि र हरको मिलन हुने दिन हो बाला चतुर्दशी

पौराणिक मान्यता अनुसार बाला (बैकुण्ठ) चतुर्दशीमा भगवान भोलेनाथ सृष्टिको कार्यभार भगवान विष्णुलाई सुम्पिएर कैलाशको यात्रामा निस्कन्छन् । प्राचीन नगरी उज्जयिनी अर्थात् उज्जैनमा यो पर्वलाई यही मान्यता अनुसार मनाइन्छ । यस अवसरमा भगवान भोलेनाथ महाकालको सुन्दर यात्रा गोपाल मन्दिर पुर्‍याउँछन् । पालकीबाट भगवान भोलेनाथ उत्तर भएर श्रीहरिलाई तुलसी भेट गर्छन् र श्रीहरिले यसको बदला स्वरुप उनलाई बेलपत्र दिन्छन् । यो सुन्दर प्रसंगलाई हरि र हर मिलनको नामले चिनिन्छ ।

यो दिन भगवान शिव ठाँटिएर पालकीमा सवार भएर बाजागाजा सहित भगवान विष्णुको अवतार लिएर श्रीकृष्णलाई भेट्न पुग्छन् । बैकुण्ठ चतुर्दशीमा भगवान शिव श्रीहरिसँग स्वयं भेट्न जान्छन् । भगवान शिव चार महिनाको लागि सृष्टिको सम्पूर्ण भार भगवान विष्णुलाई सुम्पिएर हिमालय पर्वतमा जान्छन् भन्ने मानिन्छ ।

हरेक बैकुण्ठ चतुर्दशीमा हरि र हरको मिलन हुन्छ । भगवान शिव र विष्णुको मिलन हुन्छ । साथै जुन सत्ता भगवान शिवसँग छ, त्यो सत्ता शिवले विष्णु भगवानलाई सुम्पिन्छन् भन्ने मान्यता छ । यस्तो परम्परालाई हेर्नका लागि मन्दिरहरुमा बैकुण्ठ चतुर्दशीमा श्रद्धालुहरुको भीड लाग्ने गर्छ ।

हरिशयनी एकादशीदेखि प्रवोधिनी एकादशीसम्म भगवान विष्णु पाताल लोकमा राजा बली कहाँ विश्राम गर्न जान्छन् । त्यसैले यी दिनहरुमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने मान्यता छ । ती समयहरुमा सत्ता शिव भगवानसँग हुन्छ र बैकुण्ठ चतुर्दशीको दिन भगवान शिवले यो सत्ता विष्णुलाई सुम्पिएर कैलाश पर्वतमा तपस्याको लागि र्फकन्छन् । जब सत्ता भगवान विष्णुसँग हुन्छ, संसारको सम्पूर्ण कार्यको सुरुवात हुन्छ । यदि दिन अर्थात् बैकुण्ठ चतुर्दशीको दिन हरि र हरको मिलन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment