+

भारतले जित्यो कोलकाता टेष्ट, बन्यो रेकर्ड

२०७६ मंसिर  ८ गते १७:५३ २०७६ मंसिर ८ गते १७:५३
भारतले जित्यो कोलकाता टेष्ट, बन्यो रेकर्ड

८ मंसिर, काठमाडौं । भारतले कोलकाता  टेष्टमा बंगलादेशलाई इनिङ र ४६ रनले हराएको छ । जितसँगै भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

साथै भारत लगातार चार टेष्ट इनिङको अन्तरले जित्ने पहिलो टिम बनेको छ ।

भारतले यसअघि दक्षिण अफ्रिकालाई पुणेमा इनिङ र १३७ र राँचीमा इनिङ र २०२ रनले हराएको थियो भने इन्दौरमा बंगलादेशलाई इनिङ र १३० रनले पराजित गरेको थियो ।

यो म्याच भारतको पिंक बलमा पहिलो टेष्ट थियो । र, यो टेष्ट फास्ट बलरको नाममा रह्यो । इशान्त शर्माले पहिलो इनिङमा ५ विकेट लिए भने दोस्रोमा चार ।

पहिलो इनिङमा ३ विकेट लिएका उमेश यादवले दोस्रो पारीमा ५ विकेट आफ्ना नाममा लेखाए ।

तर स्पिनरले एउटा पनि विकेट लिन सकेनन् ।

फास्ट बलरहरु चर्किएसँगै भारतले तेस्रो दिनको पहिलो सत्रमै बंगलादेशको पुरै टिमलाई पभेलियन पठायो । ६ विकेटको क्षतिमा बनाएको १५२ रनबाट आइतबार दिनको खेल थालेको उसले थप ४३ रन जोड्दा बाँकी विकेट गुमायो । उसका मुस्फिकर रहिमले ७४ रन बनाए भने महमूलुल्लाहले ३९ रन जोडे ।

यसअघि बंगलादेश पहिलो इनिङमा १०६ रनमा अलआउट भएको थियो भने भारतले कप्तान विराट कोहलीको १३६ रनको मदतमा ३४७ बनाएर इनिङ अन्त्य गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय