Comments Add Comment

ओपो चिफ फाइभजी साइन्टिस्टः भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

नोवेम्बर १८का दिन सीएनबीसीद्वाराक्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरु माझ फाइभजीको भविस्य सम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका थिए ।

“भाविस्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख स्तम्भका रुपमा रहने छ । यसको माध्यमबाट बहुमुखी तथा एकिकृत कनेक्टिभिटी सुचारु हुनुका साथै विभिन्न परिस्थितीमा उपयोगिता समेत ब्याप्त हुनेछ ।” “द फ्युचर ईज नाउँ ः हाउ फाइभजी वील ट्रान्सफर्म कम्युनिकेसन”शिर्षकको प्यानल डिस्कसनमा सहभागिता जनाउँदै ट्याङले भने ।

“फाइभजीबाट उपभोक्ताले ब्यापकरुपमा फाइदा लिन सकुन् भन्ने सोचका साथ ओपो, सक्रिय रुपमा फाइभजीका उपयोगिता बारे अन्वेषण गरिरहेको छ ।” सीएनबीसी ईस्ट टेक वेस्टमा अत्याधुनिक प्रविधिका बारेमा औद्योगिक धारणा प्रस्तुत गर्दै ओपोका चिफ फाइभजी साईन्टिस्ट, हेनरी ट्याङले भने , “सन् २०१८देखि यो अन्वेषणले ओपोका लागि थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो फाइभजी भिडियो कल डेमो र एमडब्ल्यूसी २०१९मा फाइभजी स्मार्ट फोन मार्फत विश्वमै पहिलो पटक वेइपो लाइभस्ट्रिम लगायत फाइभजी सम्बन्धि विभिन्न कोशेढुङ्गा स्थापनामा सघाव पुगेको छ ।

फाइभजी उपकरणको अग्रणी तथा प्रचारकका रुपमा ओपोले आफ्ना उपभोक्तालाइ निरन्तर नयाँ अनुभव प्रदान गरिरहेको छ ।”ओपोले आफ्नो फाइभजी ब्यवसायलाई १ दर्जन भन्दा बढी देशहरुमा फिजाउनुका साथै सो बजारमा रहेका विश्वकै अग्रणी अपरेटर्ससंग सहकार्य गर्दै आफ्ना वैश्विक उपभोक्तालाई फाइभजी ह्याण्डसेट्स तथा सेवा उपलब्ध गराइरहेको छ ।

सन् २०१९को मे महिनामा ओपो र स्विसकमले स्विट्जरल्याण्डमा आधिकारिक रुपमा ओपो रेनो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । यसै संगओपो रेनो फाइभजी यूरोपमा ब्यवसायिकरुपमा उपलब्ध गरिएको पहिलो फाइभजी ह्याण्डसेट बन्न सफल भयो । विश्वभर ठूलो परिमाणमा फाइभजी विस्तारमा गति प्रदान गर्ने सोचका साथ ओपो र एरिक्सनले यही अक्टोबर महिनामा, संयुक्त फाइभजी ज्वाइण्ट ल्याबपनि स्थापना गरिसकेको छ । साथै, सन् २०१९को अन्त सम्ममा ओपाले क्वालकमद्वारा सञ्चारित पहिलो डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना समेत सार्वजनिक गरिसकेको छ ।
सन् २०१५मै स्थापित, ओपोको फाइभजी आरएण्डडी समुहले नयाँ पुस्ताको मोबाइल प्रविधिका लागि मानक निर्धारण सम्बन्धि क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आइरहेको छ । सन् २०१९को अन्त्य सम्म आइपुग्दा ओपोले २ हजार ५ सय ग्लोबल प्याटेन्ट फ्यामिलिज्का लागि दर्खास्त दिइसकेको छ र १ हजार फ्यामिलिज् भन्दा बढी फाइभजी स्ट्याण्डर्ड(एसेन्सियल प्याटेन्ट्स, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीआईएस)मा घोषणा गरिसकेको छ ।

साथै, ओपोले ३ हजार भन्दा बढी फाइभजी मानक दस्तावेजहरु थर्ड जेनरेसन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी)लाई हस्तान्तरण गरिसकेको छ । यस संगै ओपो ईन्टरनेसनल स्ट्याण्डर्ड अर्गनाइजेसनको अग्रणी सदस्यका रुपमा श्रेणीकरण भइसकेको छ ।

सीएनबीसीको ईस्ट टेक वेस्टले विश्वकै सर्वाधिक प्रभावशाली प्राविधिक अगूवाहरुलाई एकै स्थानमा भेलापारी एआई देखि फाइभजी सम्मका अत्याधुनिक विषयमा अन्तरक्रिया गराउने गरेको छ । तीन दिने, आमन्त्रित मात्र सम्मिलित टेक रिट्रिटले लाइभस्ट्रिम मार्फत विश्वभरका १० करोड भन्दा बढी दर्शक माझ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment