+
+
Shares

एनएमबि बैंकद्वारा बलूनिङ एण्ड रिभर्स बलूनिङ घर कर्जा सुविधा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १५:०४

९ मंसिर, काठमाडौं । एनएमबि बैंकले आफ्नो घर कर्जा सुविधा अन्तर्गत एक नयाँ एनएमबि बलूनिङ एण्ड रिभर्स बलूनिङ्ग योजना शुरु गरेको छ । एनएमबि बैंकमा घर कर्जा सुविधा लिन चाहने ग्राहकहरुले नयाँ योजना अन्तर्गत अब आफ्नो आवश्यकता अनुसार सम-मासिक किस्ता (इएमआई) बुझाउने विधि चयन गर्न सक्नेछन् ।

बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भुक्तानी गर्नलाई छनौट गर्ने अवसर प्रदान गर्दछ जसमा तिर्नुपर्ने किस्ताको केही अंश सम मासिक किस्ताबन्दीका दरले तिर्दै जानेे र बाँकी हिस्सा वाषिर्क रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा दिइन्छ ।

अर्को, वैकल्पिक रिभर्स बलूनिङ्ग सुविधाले घर कर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भूक्तानीमा छनौट गर्ने मौका दिन्छ, जसअनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक ५ देखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिनेछ ।

‘यस हितकर योजनाले ग्राहकहरुलाई उनीहरुको सुविधा र प्राथमिकतामा आाधरित रहेर कर्जा पुनःभुक्तानीमा सहजता दिलाउने उद्देश्य लिएको छ । हामी विश्वस्त छौं कि यी नयाँ योजनाहरुले बैंकद्वारा उपलब्ध गराइएको विद्यमान घर कर्जा सुविधामा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्नेछ,’ बैंकद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

एनएमबिले हाल १६३ वटा शाखाहरु, १२८ एटिएमहरु र ५ वटा एक्स्टेन्सन काउण्टरहरुको बृहत्तर सञ्जालमार्फत् देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?