Comments Add Comment

अन्धधुन्द इमोजी प्रयोग गर्नुहुन्छ ?

आजको युग भनेको इन्टरनेटको हो । आज इन्टरनेटको प्रयोग सबैले गर्छन् । इन्टरनेटले संसारलाई सानो औंलामा समेटेको छ । आज ठूला-ठूला व्यावसायिक कुराहरुदेखि पढाई समेत मानिसहरु इन्टरनेटको माध्यमबाट गर्छन् । विदेशमा रहेका आफन्तहरुको हरेक गतिविधिहरु इन्टरनेटको माध्ययमबाट देख्न र सुन्न पाइन्छ । त्यसैले आज इन्टरनेट त्यति आवश्यक भइसकेको छ । जति गास, बास र कपास हुन्छ । तर, इन्टरनेटका साइटहरु राम्रोसँग प्रयोग भएन भने त्यसले तपाईंको व्यक्तित्व, चरित्र र व्यवहारलाई नोक्सान पुर्‍याउनसक्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

अहिले धेरै प्रयोग हुने एपहरु मध्य व्हाट्स एप, म्यासेन्जर, भाइबर, इन्स्टाग्राम आदि हुन् । यी एपहरुमार्फत् तपाईंले आफ्ना भावनाहरुलाई व्यक्त गर्नका लागि इमोजीको प्रयोग गर्नुहुन्छ ।

बिहानदेखि रातिसम्म हरेक समय हामी यी एपहरुसँग जोडिरहन्छौं । त्यस क्रममा हामी केही लेखेर पठाउनुभन्दा ती कुराहरुसँग सम्बन्धित इमोजी सेन्ड गर्छौं र आफ्नो कुरा बतायौं भन्ने सोच्छौं । तर, कतै तपाईंले अञ्जानमा गलत इमोजी त पठाइरहनु भएको छैन ? तपाईंको मानसिकता गलत नभएता पनि कहिलेकाहीँ त्यस्ता इमोजी पठाउन सक्नुहुन्छ । जसको अर्थ अत्यन्त फोहोरी हुनसक्छ । त्यस्ता केही इमोजीको बारेमा आज हामी चर्चा गर्दैछौं । जसको अर्थ गलत हुनसक्छ । जसको बारेमा हामी सबैलाई थाहा नहुन सक्छ ।

आई रोलिङ

यो इमोजीको अर्थ घृणा र वाक्क भएको व्यक्त गरेको हुनसक्छ ।

नमस्ते

यो इमोजीको प्रयोग प्रायः हामी धन्यवाद अथवा प्रणाम गर्नको लागि गर्छौं । तर, यसको सही अर्थ हाईफाई इब हुन्छ ।

डोनट

मानिसले यसलाई स्वीटको लागि प्रयोग गर्छन् । तर, छाडा शब्दमा यसलाई भेजाइनाको सिम्बोल मानिन्छ ।

लभ होटल

यो इमोजीले बेश्यालय भन्ने दर्शाउँछ ।

गल्र्स विथ बन्नी इयर्स

यो इमोजीको अर्थ मानिसहरु भिन्दाभिन्दै भावनाहरुलाई दर्शाउनका लागि प्रयोग गर्छन् । तर, धेरै व्यक्तिहरु यसलाई वेश्यावृत्तिको लागि पनि प्रयोग गर्छन् । जापानमा यसलाई सेक्स डलको संकेत मानिन्छ ।

साइलेन्ट फेस

साइलेन्ट फेस भएको इमोजीको अर्थ आफ्नो मुख बन्द राख्नु भन्ने हुन्छ ।

स्प्लेस

यो इमोजीको प्रयोग सम्भोगको चरम सीमाको लागि गरिन्छ ।

चेरी

यो इमोजीलाई मानिसहरु त्यसबेला पठाउँछन् । जब उनीहरु कसैसँग सेक्सी सेल्फी मागिरहेका हुन्छन् ।

माइक्रोफोन

यसले मेल अग्र्यानलाई दर्शाउँछ ।

केटीले आफ्ने टाउकोमा हात राख्नु

यो इमोजीले फिमेल अग्र्यानलाई दर्शाउँछ ।

पीच

यदि तपाईंलाई कसैले यो इमोजी पठाउँछ भने यसको अर्थ बम भन्ने हुन्छ ।

मेल बक्स

यसको अर्थ यो इमोजी तपाईंलाई जसले पठाएको छ भने उ तपाईसँग सेक्स गर्ने इच्छा व्यक्त गरिरहेको छ ।

फायर

यदि कसैले तपाईंलाई यो इमोजी पठाएको छ भने यसको अर्थ तपाई सेक्सी देखिनु भएको छ ।

त्यस्ता धेरै इमोजीहरु छन् जसको अर्थ अत्यन्त छाडा हुन सक्छ । जसको बारेमा हामीलाई थाहा हुँदैन । त्यसकारण हामीले इमोजीको अर्थ बुझेर मात्र त्यसलाई पठाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment