+
+

‘दोस्ताना २’लाई लिएर उत्साहित जाहन्वी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १२:३७

चलचित्र ‘धडक’ले नायिका जाहन्वी कपुरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ ।

उनै, जाहन्वी कपुर करण जोहरको नयाँ चलचित्र ‘दोस्ताना २’मा काम गर्दैछिन् । यो चलचित्रको छायांकन सुरु भएको छ । यो चलचित्रमा उनले नायक कार्तिक आर्यनसँग पर्दा शेयर गर्दैछिन् । ‘दोस्ताना’को सिरिजको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रको कामसँगै जाहन्वी सामाजिक संजालमा शेयर गर्ने तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनी, दैनिकजसो सामाजिक संजालमा तस्वीर शेयर गर्न सिपालु छिन् । उनले, हालै मात्र शेयर गरेको केही तस्वीरले सामाजिक संजाल तताएको छ ।

‘दोस्ताना २’को पहिलो सेड्यूलको छायांकन सकिएपछि यसको टिम खुशीयाली साट्नमा व्यस्त देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?