Comments Add Comment

विलियम्सनले भने : आर्चरसित माफी माग्छु

काठमाडौं । न्यूजिल्यान्ड क्रिकेट टिमका कप्तान केन विलियम्सनले रंगभेदसम्बन्धी विवादलाई लिएर ईंग्ल्यान्डका बलर जोफ्रा आर्चरसित माफी माग्ने भएका छन् । दुई देशबीच माउन्ट माउन्गानुइमा भएको पहिलो टेस्टको अन्तिम दिन आर्चरमाथि न्यूजिल्यान्डका एक समर्थकबाट रंगभेदी टिप्पणी भएको थियो ।

विलियम्सनले आर्चरले सोमबार राति टि्वटरमा लेख्नुभन्दा अगाडिसम्म यो घटनाका बारेमा आफू र आफ्ना टिमका साथीहरु कसैलाई थाहा नभएको बताएका छन् । तैपनि उनी न्यूजिल्याण्डका समर्थकहरुको तर्फबाट माफी माग्न तयार भएका हुन् । न्यूजिल्यान्ड र ईंग्ल्यान्डबीचको दोस्रो टेस्टका दौरान आफूले माफी माग्ने उनले बताए ।

‘म आशा गर्छु कि भविष्यमा यस्तो घटना कहिल्यै हुने छैन । हाम्रो देश आफैंमा जातीय विविधतायुक्त छ । हामी रंगको आधारमा कसैको अपमान गर्दैनौं ।’

न्यूजिल्यान्डको क्रिकेट बोर्डले पनि यस घटनालाई लिएर आर्चरसँग माफी मागिने भन्दै विज्ञप्ति जारी गरेको छ । यस्ता घटनामा शून्य सहनशीलताको नीति लिइएको बोर्डको भनाइ छ ।

न्यूजिल्यान्डविरुद्धको टेस्टमा ईंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको थियो । सो म्याचमा आर्चर आउट भएर बाहिरिँदा भीडबाट एकजनाले रंगभेदी टिप्पणी गरेको आर्चरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment