Comments Add Comment

पर्यटकको स्वागत गर्न विमानस्थलमा विद्यार्थी खटाइने

१० मंसिर, काठमाडौं । भ्रमण वर्ष २०२० मा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा विद्यार्थी खटाइने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) ले आफ्नो स्टूडेन्ट च्याप्टरमार्फत स्वयमसेवीकाको रुपमा विमानस्थलमा विद्यार्थीलाई खटाउने भएको हो । यसमा त्रिभुवन विमानस्थलले सहयोग गर्ने भएको छ ।

टूरिजम तथा हस्पिटालिटी सम्बन्धी कलेजमा अध्ययन गरिरहेका विद्यार्थीको प्रयोगात्मक परीक्षाको एक पाटोका रुपमा यस्तो योजना बनाइएको पाटा नेपाल च्याप्टरका सीइओ सुरेशसिंह बुडालले बताए । उनका अनुसार तीन ‘सिफ्ट’मै विद्यार्थी स्वयम्सेवकका रुपमा खटिने छन् ।

नेपाल आउने पर्यटकलाई मिठो बोल्दै स्वागत गर्ने, उनीहरुलाई सहजिकरण गर्ने काम विद्यार्थिले गर्नुपर्ने छ । त्यसका लागि खटिने विद्यार्थीलाई दैनिक खाजा खर्चको व्यवस्था गरिने छ । अहिले विमानस्थलमा खटिने विद्यार्थीहरुलाई पर्यटकसमक्ष गर्ने व्यवहारबारे जानकारी गराउन तालिम दिने काम भइरहेको छ ।

त्रिभुवन विमानस्थलमा कर्मचारी झर्कने, पर्यटकलाई वास्ता नगर्ने गुनासो आउने गर्छ । खासगरी अति भीड हुने समयमा कर्मचारीले व्यवस्थापनमा ध्यान दिन पनि सक्दैनन् । अब यसमा विद्यार्थीले सहयोग गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment