Comments Add Comment
छापामा आज :

अंग प्रत्यारोपण गराएकामा एपन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण

चिकित्सक भन्छन्– मल्टिपल अर्गान फेल्योरको दुःखद् स्थिति पनि आउन सक्छ

११ मंसिर, काठमाडौं । शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘प्रधानमन्त्री भेन्टिलेटरमा’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था स्थिर रहेको र उपचार जारी रहेको समाचारमा उल्लेख छ ।

अंग प्रत्यारोपण गराइका व्यक्तिमा एपेन्डिसाइटिसको शल्यक्रिया कति जोखिपूर्ण हुन्छ भन्ने प्रश्नको जवाफ खोज्ने प्रयत्न पनि कान्तिपुरले गरेको छ । ग्यास्ट्रोइन्टेस्टाइनल सर्जन डा. राकेशकुमार साहका अनुसार, सामान्य मान्छेको भन्दा मिर्गौला वा अंग प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रिया धेरै जटिल हुन्छ । यस्ता व्यक्तिमा संक्रमण हुने सम्भावना धेरै बढी हुन्छ । यस्ता बिरामीमा प्रत्यारोपण गरिएका मिर्गौलामा समेत संक्रमण हुनसक्छ ।

डा. साहका अनुसार मुख्य रूपले एन्टिबायोटिककै सहाराबाट यस्ता बिरामीको उपचार हुन्छ । त्यसले काम नगरे सेप्टिसिमिया, मल्टिपल अर्गेन फेल्योरलगायतका दुःखद् स्थिति पनि आउन सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ वर्षअघि मिर्गौला प्रदान गरेकी अन्जान घिमिरेबारे पनि कान्तिपुरले एक सामग्री छापेको छ । उनले कान्तिपुरसँगको कुराकानीमा आफूसँग भएको किड्नीले काम गरिरहे पनि आफूले दिएको किड्नीले प्रधानमन्त्रीलाई किन काम नगरेको होला भनेर जिज्ञासा राखेकी छन् ।

नागरिकले एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अब केही दिन अस्पतालमै रहने लेखेको छ । ओलीको अहिले आईसीयूमा राखेर उपचार भइरहेको र चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै रहने समाचारमा उल्लेख छ ।

अन्नपूर्णले ओलीको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment